सदस्यता

यस संस्थाको सदस्यहरुलाई निम्न बमोजिम ४ प्रकारमा वर्गिकरण गरिएकोछ ।

(क) साधारण सदस्य

(ख) आजीवन सदस्य

(ग) मानार्थ सदस्य

(घ) संस्थापक सदस्य

१. साधारण सदस्य
(क) इन्जिनियरिङ्ग सेवा सर्भे समूहका लागि योग्यता पुगेको कुनै पनि प्राविधिज्ञ यस संस्थाको साधारण सदस्य बन्न सक्नेछ ।
(ख) यस संस्थाको साधारण सदस्य बन्न इच्छुक व्यक्तिले कार्यसमितिले तोकेको ढाँचामा फर्म भरी सदस्यताका लागि आवेदन गरेमा कार्यसमितिले आवेदन उपर छानविन गरी सदस्यता प्रदान गरिनेछ।

२. आजीवन सदस्य:
संस्थाले निर्धारण गरेको आजीवन शुल्क बुझाउने कुनै पनि साधारण सदस्य संस्थाको आजीवन सदस्य बन्न सकिनेछ ।

३. मानार्थ सदस्य:
(क) नाप नक्सा क्षेत्रमा विशेष योगदान पुयाउने राष्ट्रिय वा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्वहरुलाई केन्द्रीय समितिको निर्णय अनुसार मानार्थ सदस्यता प्रदान गरिनेछ ।
(ख) मानार्थ सदस्यता प्राप्त व्यक्तिको हकमा मतदान सम्बन्धी अधिकार हुनेछैन ।

⁠४. संस्थापक सदस्य
क) संस्थाको विधान निर्माण र दर्ताको लागि क्रियाशील एवं विधानमा दस्तखत गरेका व्यक्तिहरु संस्थाको संस्थापक सदस्य मानिनेछ र मतदान सम्बन्धी अधिकार साधारण सदस्य सरह हुनेछ ।